शालिग्राम नेपाल
चितवन, २३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड ) ले संसद अबरोध गर्ने नैतिक अधिकार एमालेलाइ नभएकाले सदन छाडेर जनतामा जान अनुरोध गर्नु भएको छ ।
प्रेस सेन्टर चितवनले भरतपुरमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाले संसद बिघटन गरेर सम्बिधान बिपरित काम गर्ने एमालेले जनताको काम गर्ने थलो अबरोध गर्न नहुने बताउनु भयो । एमाले अध्यक्ष ओली जी तपाइलाइ संसदमा आउदा लाज लाग्छ दुई पटक बिघटन गर्नु भयो त्यसैले अबरोध गर्नु भएको छ । अहिले अबरोध गर्नुको कुनै तुक र अर्थ छैन अध्यक्ष प्रचण्डले भन्नू भयो के के भन्नू छ जनतामा जानुस भन्नुस हामिलाइ काम गर्न दिनुहोस ।
उहाले साम्सद नभएको व्यक्ती मन्त्री बन्न पाउने संविधानमा भएको अधिकार प्रयोग गरेर मन्त्री बनाएकाले बिरोध गर्नुको कुनै अर्थ नभएको बताउनु भयो । सरकारले पूर्णता पाएको छ अब सरकारले गति लिन्छ उहाले भन्नू भयो बिगतका सरकारले गर्न नसकेका कामलाइ यो सरकारले तिब्रताका साथ काम गर्ने छ ।
सरकारले आफ्नो नीति कार्यक्रममा राखेको र आफ्नो पार्टीले पहिले देखि उठाउदै आएको लिम्पियाधुरा लिपुलेक भूमि फिर्ता ल्याउन सरकारले काम गर्दछ । त्यहा यसै जनगणनामा तथ्यांक विवरण लिने काम हुन्छ ।