काठमाडौं, १६ असोज । सत्तारुढ नेपाली कांग्रेसको आज (शनिबार) काठमाडौं जिल्लाका नगरहरूमा अधिवेशन हुँदैछ ।
काठमाडौंका ११ वटा नगरपालिकामध्ये १० वटामा आज अधिवेशन हुने कांग्रेसले जानकारी दिएको छ । वडा नम्बर–२ मा वडा अधिवेशन बाँकी रहेकाले दक्षिणकाली नगरपालिकामा भने पछि अधिवेशन हुने भएको हो ।
काठमाडौंका नगरमध्ये चन्द्रागिरी नगरपालिकामा भने सर्वसम्मत नेतृत्व चयन हुने भएको छ । वर्तमान नगरसभापति घनश्याम गिरीलाई नै अर्काे कार्यकाल पनि दिन कांग्रेसका संस्थापन र इतर दुवै पक्ष राजी भएका हुन् । अन्य नगरपालिकाको नेतृ्रत्व चयनका लागि भने पार्टी सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको समूह बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको समूह बनेको छ ।