चितवन समाचार डटकम
चितवन ६ फागुन । भरतपुरको हामिकचोकमा इलोक्ट्रेक्निक समानको आधुनिक पसल क्यामटेक सञ्चालनमा आएको छ ।
पछिल्लो समय आधुनिक प्रविधिको उपयोग वढ्दै गएकाले सोही प्रविधिको सर्वसुलभ सामन विक्री तथा मर्मत केन्द्र सञ्चालनमा ल्याएको हो । सिसि क्यामरा, फायर अलार्म, सुरक्षा विधि, हाजिरी मेसिन, पैसा गन्ने मेसिन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, नेटवर्किङलगायत सामानको विक्री पसल सञ्चालनमा ल्याएको प्रोपाइटर कमल पौडेलले जानकारी दिनु भयो ।
बजारमा हाल सञ्चालनमा आएका भन्दा फरक प्रकारको पसल भएकाले यहाँबाट सामन खरिद, घरमानै सेवा लगायतका सर्वसुलभ सेवा दिने व्यवस्था रहेको उहाले बताउनु भयो । सामन बिक्रीसंगै परामर्श निःशुल्कमा दिने व्यवस्था रहेको उहाको भनाइ छ । विद्यालय, शैक्षिक संघसस्था, व्यापारिक प्रयोजनका सस्था, बैक, गैरसरकारी सस्था, सरकारी कार्यालयहरुमा प्रयोग हुने सामग्रीहरु सहज रुपमा उपलब्ध हुने पौडेलले बताउनु भयो ।
