शंकर अधिकारी/ ८ अशाेज, चितवन –
निर्माण व्यवसायी संघ चितवनले अाज भरतपुरमा दुई छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेकाे छ। जखडिमाई अाधारभुत बिद्यालय भरतपुर-११ मा अध्ययनरत अति विपन्न बिद्यार्थीहरुलाई झाेला हस्तान्तरण गरेकाे छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पाेख्रेलकाे अध्यक्षतामा तथा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकाेलस पाण्डेकाे प्रमुख अातिथ्यतामा भएकाे उक्त कार्यक्रममा विध्यालयका निजिश्राेतमा रहेका १ जना शिक्षककाे १ वर्षकाे तलव रकम अाफुले व्यहाेर्ने घाेषणा निकाेलस पाण्डेले गर्नुभएकाे थियाे। कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका महासचिव राेशन दाहाल, भरतपुर ११ का वडाअध्यक्ष वावुराम अधिकारी, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल विशिष्ठ अतिथि रहनुभएकाे थियाे भने अतिथिका रुपमा निर्माण व्यवसायी संघ चितवनका पुर्वअध्यक्षहरु राजेन्द्रमणि काफ्ले, रामराज पाैडेल, श्रीप्रकाश कँडेल, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु हाेमकुमार शर्मा, हरिप्रसाद घिमिरे लगायतकाे उपस्थिति रहेकाे थियाे । विध्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पाेख्रेलले धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए। यस्तै अाजै निर्माण व्यवसायीहरुका अाश्विन ८ र ९ गते २ दिने ई-जिपि तालिम समेतकाे सुभारम्भ नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकाेलस पाण्डेकाे प्रमुख अातिथ्यतामा र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलकाे अध्यक्षतामा भरतपुरमा सुभारम्भ गरिएकाे छ । तालिममा करिव ४० जनाकाे सहभागीता रहेकाे छ।