त्रिशुली नदीमा कार खस्यो : तीन जना बेपत्ता

केशव पौडेल

चितवन ८ असोज । काठमाण्डौंबाट पोखरातर्फ जाँदै गरेको कार पृथ्वी राजमार्गको नाग्दीखोलास्थित त्रिशुली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक जना घाईते भएका छन् । बिहीबार (गए) राती ११ः४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित सडकबाट कार अनियन्त्रित भई झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाईते हुनेमा पोखरा महानगरपालिका वडा नं. १७ बस्ने वर्ष ४६ वर्षिय रुद्रलाल सुवेदी रहनु भएको छ । उहाँको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भईरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

कारमा पोखरा महानगरपालिका वडा नं. १७ बस्ने अन्दाजी ६० वर्षिय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उनकी श्रीमती ३६ वर्षिया ईश्वरी भुजेल रहेका थिए । कारसहित उनीहरु बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ ।

शेयर गरौ

ताजा अपडेट