चितवन, ७ असोज ।
नेपाली काँग्रेस खैरहनी नगर सभापतिमा शशी कुमार खनियाले उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार खैरहनीमा एक औपचारिक कार्यक्रमको आयोजना गरी खनियाले पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
हाल नगर सभापतिमै रहेर काम गरिरहेका खनियाले दोस्रो कार्यकालको लागि उम्मेदवारी घोषणा गर्दै आगामी आम निर्वाचनमा काँग्रेससलाई जिताउनको लागि आफुले उम्मेदवारी दिएको घोषणा गरे । उनले गएको स्थानिय तहको चुनावमा पार्टीले भोगेको हारबाट पाठ सिक्दै आगामी निर्वाचनमा विजय हासील गर्दै पार्टीको अधुरो रहेको सपना पुरा गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
खनियाको प्यानलबाट उपसभापतिमा प्रेम प्रसाद रेग्मी र विक्रम पंजियार महत्तो,सचिवमा अनुप अधिकारी र बुद्धिराज विश्रवाल(शुसिल) , सह सचिवमा राजेन्द्र रिजाल र शम्भुप्रसाद अर्याल र कोषाध्यक्षमा मिरा चौधरीले उम्मेदवारी घोषणा गरेका छन् । नगर अधिबेशनमा वडागत रुपमा निर्वाचित भएर आएका क्षेत्रीय प्रतिनिधि र वडा सभापति गरी २९२ जनाले मतदान गर्ने छन् ।