एमालेलाई घाइते बाघ सम्झेर जुँगा नउखल्नु : महेश बस्नेत

चितवन, २६ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री महेश बस्नेतले प्रतिनिधि सभामा सभामुखले बिभेदकारी व्यवहार देखाएको बताउनुभएको छ । प्रेस चौतारी चितवनले भरतपुरमा आज गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्देै नेता बस्नेतले सभामुखले एमाले प्रति पुर्वाग्रही व्यवहार देखाएको बताउनुभएको हाे । “बिगतमा अन्यदलहरुका तर्फबाट सांसदलाई कारवाहि गर्दा तुरुन्तै सुचना निकाल्ने सभामुखले एमालेले गरेको कार्वाहीलाई पुर्वाग्रह ढंगले कार्यान्वयन नगरेको देखियाे ” – बस्नेतले भन्नुभयो । सदनमा भएको अवरोध र आक्राेस अहिले कास्टिङ मात्रै रहेकाे बताउदै उहाँले एमालेलाई कमजाेर नठान्न चेतावनी दिनुभयाे । “घाइते बाघ सम्झेर जुङ्गा ओखल्न नखोजीयोस् । बस्नेतले भन्नुभयो । एमसिसिवारे पार्टीले जनभावना अनुसार निर्णय लिने उहाँको भनाइ छ । हामी अहिले प्रतिपक्षमा छाैं, पहिला सत्ता गठवन्धनले निर्णय गराेस् अनि हामी जनभावना अनुसार निर्णय लिन्छौं -बस्नेतले भन्नुभयो ।

शेयर गरौ

ताजा अपडेट