पार्टीमा अन्तरसंघर्ष हुन्छ समाधान गर्दै जाने हो भत्काउने हैन  : सुरेन्द्र पाण्डे

खोमकान्त रेग्मीे

चितवन, ११ भदौ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुन्छ तर अलगै पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताउनु भएको छ ।

चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारहरुसंगको कुरा गर्दै मुख्य कुरामा सहमती भइसकेर पनि एउटै पार्टीमा बस्न नमानेर अलगै पार्टी निर्माण गरेको बताउनु भयो ।

उहाले कथा सुनाउदै भन्नु भयो आफैले निर्माण गरेको पार्टीमा विमती भए अन्तरसंघर्ष गर्न सकिन्छ तर घरमा आगो लगाउन नहुनेमा जोड दिनु भयो  । तत्कालिन एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन कसैले पनि नउचालेको उहाँको भनाइ थियो ।  आफूलगायत नेता कसैले पनि पार्टी फुटाउन उचालेका छैनौ  पाण्डेले भन्नु भयो ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टी भित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णयहरु बदर गरेपछि हामी पार्टी भित्रै फर्कने वातावरण बनेको थियो’ नेता पाण्डेले भन्नु भयो ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’

‘हामी सबैले उहाँलाई (माधव नेपाल) मुख्य विषयमा सहमति भएपछि सहायक विषयमा झगडा गरेर अर्थ छैन भनेर सम्झाउने कोसिस गरेनौं, उहाँलाई व्यक्तिगत इगोले होला हाम्रो कुरा सुन्नु भएन’–नेता पाण्डेले भन्नु भयो । सबै मिलेर पार्टीलाई अब एक ढिक्का बनाएर लैजाने गरी पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागिता जनाएको बताउनु भयो ।

पार्टीमा स्थापना कालदेखि नै अन्तरसंघर्ष हुदै आएको थियो । पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी लगायतका नेतृत्वसंग पनि अन्तरसंघर्ष हुदै आएको थियो । तर पार्टी फुटाएर जाने भन्ने विषय उपयुक्त नभएको बताउनु भयो । पार्टी भित्रै संघर्ष गरेर अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो ।

यस्तै नेता पाण्डेले आफ्नै सहयात्री भएर हिडेकी नेतृ रामकुमारी झाक्रीले आफूलगायतका नेताहरुलाई केपी ओलीको टाङमुनी छिर्यौ भनेको विषयलाई प्रतिवाद गर्नु भएको छ । यस्तो भाषा राजनीतिक भाषा नभएको भन्दै सभ्य भाषा प्रयोग गर्न आग्रह गर्नु भयो ।

नेता पाण्डेले माधव नेपालले अर्को पार्टी खोल्दा नेकपा एमाललाई घाटा भएको भन्दै यसलाई सामान्य रुपमा नलिएको बताउनु भयो । ‘कोही पार्टीबाट बाहिर गयो भनेर केही हुँदैन भन्ने बेला होइन, भोटमा १ मतले पनि धेरै फरक पार्छ’ नेता पाण्डेले भन्नु भयो ‘कोही पनि नेता बाहिर जानु त राम्रो हुँदै होइन ।’

चितवन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य नेता पाण्डेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसंग फेरि एकता हुन सक्ने बताउनु भयो ।

 

जिल्ला समन्वय समितिको वार्षिक प्रगति समिक्षा

जिल्ला समन्वय समिति चितवनको आयोजनामा आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगती समिक्षा कार्यक्रम शुक्रबार भएको छ । चितवनको सौराहामा आयोजना गरिएको कार्यक्रममा जिल्लाका स्थानीय तह र सरकारी कार्यालयहरुबाट एक वर्षमा गरिएका काम र उपलब्ध समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रतिनिधि सभा सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे प्रमुख अतिथि रहेको सो कार्यक्रममा रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले   आर्थिक वर्ष २०७७÷७८ मा गरिएका काम र उपलब्धी समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 

 

शेयर गरौ

ताजा अपडेट