चितवन, फागुन ५ ।
गरिमा विकास बैंकले पूर्वी चितवनको रत्ननगर नगरपालिका स्थित टाँडीबजारमा नयाँ शाखा शुरु गरेको छ ।
सौराहाचोकमा खुलेको शाखाको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले आज एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो ।
काठमाण्डौंमा केन्द्रीय कार्यालय रहेको बैंकको आईतबार यो सहित पाँच वटा शाखा उद्घाटन गरेको छ । बैंकका देशभर ७१ शाखा पुगेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख वनले बैंकले गरिब तथा सीमान्तकृत समुदायको हितमा लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले उत्पादनशील क्षेत्रमा लगानी गर्न गरिमा विकास बैंकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले ऋण लिएकाहरुलाई जानकारी नै नगराई बैंकहरुले व्याजदर बृद्धि गरेको भन्दै त्यसको विरुद्ध निजी क्षेत्र रहेको बताउनुभयो । यस्ता कार्यले बैंकप्रतिको विश्वास कम हुने भन्दै उहाँले यस्तो कार्य गर्न नहुने बताउनुभयो ।
बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा बैंकका कार्यकारी प्रमुख गोविन्दप्रसाद ढकालले बैंकले प्रदान गर्ने सेवा सुविधाका विषयमा जानकारी गराउनु भएको थियो ।
गरिमा धनवर्षा निक्षेप योजना, गरिमा कर्मचारी निक्षेप योजना, गरिमा स्पेशल मुद्दती योजना, सुनौलो भविष्य बाल निक्षेप योजना, गरिमा दम्पत्ति बचत खाता, ईन्टरनेट बैंकिब सेवा, मोबाईल बैंकिब् सेवा, एटिएम सेवा, गरिमा रेमिट सेवा लगायतका सेवा सुविधा बैंकले प्रदान गर्दै आएको टाँडी शाखा प्रबन्धक विष्णुप्रसाद पौडेलले
बताउनुभयो ।