कोरोना बढ्यो पुन निषेधाज्ञा : सवारी जोरबिजोर, पसल बार अनुसार खुल्न पाउने

चितवन २४ साउन । कोरोना संक्रमितको संख्या वृद्धि भए पछि पुन निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरिएको जनाएको छ ।
आइतवारबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञामा कडाइ गरिएको छ । प्रशासनको आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा, मासु, अण्डा, चल्ला, दाना खान पकाउने ग्याँस पसल, एग्रोभेट, बीउबिजन, रासाायनिक मल र भेटेनरी औषधि पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने व्यवस्था गरिएको छ । दूध डेरीको हकमा बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने छ ।

यस्तै अन्य पसलहरु आइतबार, मंगलबार र बिहिबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने प्रशासनको आदेशमा उल्लेख छ ।

यस्तै निजी तथा सार्वजनिक सवारी साधनको हकमा जोर गते जोर नम्बर र विजोर गरे विजोर नम्बर मात्रै सञ्चालन गर्न पाइने छ ।

पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले सबैलाई सचेत हुन प्रशासनले आग्रह गरेको छ । प्रशासनले संक्रमण बढ्दै गएमा जुनसुकै बेलामा पूर्ण निषेधाज्ञा लागु गर्ने बताएको छ । 

शेयर गरौ

ताजा अपडेट