चितवन, २३ साउन । युथ क्लब नारायणगढले ४८औँ साधारणसभामा पूर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । शनिबार नारायणगढमा आयोजना गरेको साधारणसभामा क्लबलाई यहाँसम्म ल्याउन योगदान गरेको भन्दै सम्मान गरेको हो ।
संस्थाले ज्ञानेन्द्रकुमार पिया, पूर्व अध्यक्ष कल्याण जोशी, केशवप्रसाद रेग्मी, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, हेरम्बकुमार असिम, रोशन मास्के, विष्णुप्रसाद सापकोटा, सुरेशकुमार श्रेष्ठ, लक्ष्मण बानियाँलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि ज्ञानेन्द्र पिया, अतिथिहरु केशवप्रसाद रेग्मी, विष्णु सापाकोटा, भुवन आचार्य, राजकृष्ण श्रेष्ठ, विष्णु सापकोटालगायतले सामाजिक क्षेत्रमा युथ क्लबको योगदान उल्लेख्य भएको बताए । समाजका लागि संस्थाले अझै सक्रिय काम गर्नुपर्नेमा उनीहरुले जोड दिए ।
क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रगती प्रतिवेदन महासचिव किशोरबाबु पुरी, आर्थिक प्रतिवेदन रोशन मास्केले प्रस्तुत गरे । उपाध्यक्ष शालिग्राम नेपालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा सप्पन्न भएको थियो ।