तीन कोरोना संक्रमितको मृत्यु : एकै दिन २२३ जना संक्रमित

चितवन, २२ साउन । चितवनमा पछिल्लो चौविस घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २४ घण्टामा  २२३ जना कोरोना संक्रमित थपिएका छन् ।  एक हजार ४५ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा २२३ जनामा संक्रमण भेटिएको हो ।

पछिल्लो २४ घण्टामा १३८ जना कोरोना संक्रमित संंक्रमणमुक्त भएका छन् ।  शुक्रबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या दुई हजार ३३२ पुगेको छ । जसमध्ये दुई हजार १३४ जना संक्रमित होम आइसोलेसनमा छन् ।

अस्पताल भरिए राख्ने ठाउँ छैन 

पछिल्लो केही हप्ता यता कोरोना संक्रमितको सख्या वृद्धि भएपछि जिल्लाका अस्पतालमा विारमी राख्ने स्थानको अभाव भएको छ । सक्रिय संक्रमितको सख्या हरेक दिन वृद्धि हुदा अस्पतालमा भर्ना गरेर राख्न नसकिएको हो । भरतपुर अस्पताल सञ्चालक समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले विरामीलाई राख्ने शैयाको अभाव भएको बताउनु भयो । एकसय १२ कोरोनाका लागि छुट्टाइएकोमा सवै शैया भरिएको अस्पतालाले जानकारी दिएको छ ।

अक्सिजनको आवश्यकता पर्ने विरामीको सख्या पनि उतिकै वृद्धि भएको उहाले बताउनु भयो । एचडियु, आइसियु, भेन्टिलेटर, साधारण गरी विरामीलाई अस्पतालले सेवा दिदै आएको छ ।

यसै गरी जिल्लाको कोरोना संक्रमितको सख्या वृद्धि भएपछि स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई सूचित गरेको छ । हरेक स्थानमा स्वास्थ्य मापदण्ड पलना गरी काम गर्न अनुरोध गरेको छ यती पालना नभएमा प्रचलित कानुन वमोजिम कार्वाही गर्न वाध्य हुने सूचनामा जनाएको छ ।

 

 

 

शेयर गरौ

ताजा अपडेट