एमाले स्थायी कमिटी बैठक बस्दै : के के छन एजेन्डा

काठमाडौं, १६ साउन । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज (शनिबार) बस्ने भएको छ । बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।

बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण-वितरण सम्बन्धमा छलफल गर्ने तयारी गरिएको उनले जानकारी दिएका छन् । यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको छ । यस्तै बैठकमा पार्टी सदस्यता र नविकरणको तथा वितरणको विषयमा पनि छलफल गर्ने बताइएको छ । मुख्यतः तीन वटा बैठकका एजेण्डा छन् ।

शेयर गरौ

ताजा अपडेट