स्कर्पियो दुर्घटना : एक जनाको मृत्यु

धुनषा, १४ साउन । धनुषामा आज (शुक्रबार) बिहान सरकारी नम्बर प्लेटको स्कर्पियो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज–२०–०२–०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको स्कर्पिओ तीव्रगतिको कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् ।

दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका–९ का दीपक यादवको ज्यान गएको छ । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

पाँच जना घाइतेको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ । उनीहरुको नाम अहिले नखुलेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुनारले बताए ।

शेयर गरौ

ताजा अपडेट