सुदेश खनाल
माडी ८ साउन । नेपाली काङ्ग्रेसको आसन्न महाअधिबेशन का लागि माडी नगर सभापति का लागि दौडधुप सुरु भएको छ । आसन्न महाधिवेशनका लागि चार जना उम्मेदवार अगाडी सरेका छन । वर्तमान सभापति कोमलनाथ भुसालले आफू नगर सभापतिको लागि फेरि इच्छुक रहेको जानकारी दिनुभएको छ ।
त्यस्तै यता माडी नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार तथा जिल्ला सदस्य खेम महतोले सभापतिमा आफ्नो दाबि रहेको बताउनु भयो । माडी काङ्ग्रेसमा लामो समय राजनीति गरेका क्षेत्रीय उपसभापति जयनारायण लामिछाने समेत आफू अगाडी बढेको बताउनु भयो । साथै नेपाली काङ्ग्रेस माडिका युवा नेता भोजराज देबकोटाले अहिले माडिको नेतृत्व परिवर्तन मुख्य सवाल भएकाले नेतृत्व परिवर्तनका लागि आफुले उम्मेदवारि दिने बताउनु भयो । प्रत्यासी उम्मेदवारहरु आफ्नो प्रचार प्रसारका लागि तिब्र रुपमा लागेको देखिन्छ । करिब ९५० क्रियाशिल सदस्य मध्ये बाट नगर सभापति सहित कार्यसमिति चयन गरिनेछ ।


