चितवन ३ माघ । प्रदेश न ३ का भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कृषिलाई व्यावसायिक गरेर मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भएको छ ।
नेपाल बीउ व्यावसायिक संघ काठमाडौले भरतपुरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उहाले कृषिलाई ब्यवसायिक गर्न सरकार लागि परेको बताउनु भयो । हामी कृषिमा प्रचुर सम्भवना छौ भन्छौ तर काम गर्दैनौ उहाले भन्नू भयो अब व्यावसायिक गर्नको लागि सरकारले सहयोग गर्नेछ । अध्ययन अनुसन्धानलाई जोड दिएर यहाको माटो सुहाउदो कृषि उत्पादन गर्न उहाले सुझाब दिनु भयो । मन्त्री लामाले परम्पराबादी खेती नगरेर आधुनिक खेती गर्नको लागि लाग्नु पर्नेमा जोड दिनु भयो ।
स्थानीय जातको बीउ मासिन गएको भन्दै चिन्ता ब्यक्त गर्नु भयो । उहाले भन्नु भयो हाम्रो गाउघरमा स्थानीय जातका बीउहरु प्रसस्त छन् तर ती बीउको अनुसन्धान हुन सकेको छैन । विदेशबाट आयात गर्ने बानी परेको कारण अनुसन्धानमा ध्यान नपुगेको उहाले बताउनु भयो ।
कार्यक्रममा प्रदेश नं. ३ का संसद घनश्याम दाहालले आर्थिक समृद्धिको लागि आत्मनिर्भर सवैभन्दा महात्वपूर्ण भएको बताउनु भयो । उहाले भन्नु भयो ‘हामी आत्मनिर्भर हुदैनौ भने समृद्धि हासिल गर्नपनि सक्दैनौ त्यसैले धनी हुनको लागि उतपदनलाई बृद्धि गर्नु पर्दछ ।’ उत्पादन बढाउनको लागि आधुनिक कृषि प्रणालीमा जानुको बिकल्प नभएको उहाको भनाइ थियो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले किसानले उत्पादन गरेको बीउ मासिदै गएको प्रति चिन्ता व्यक्त गर्नु भयो । हरेक वर्ष हामीले विदेशबाट बीउ आयात गर्छौ आफ्नै करेसाबारीमा फेलेको बीउको प्रयोग गर्दैनौ ।
कार्यक्रममा नेपालमा वार्षिक १० अर्ब बराबरको बीउ आयात हुने गरेको विवरण सहितको कार्यपत्र प्रस्तुत गरिएको थियो । अन्न तरकारीमा हरेक वर्ष बीउ आयात हुदा १० अर्व रुपैया विदेश गएको जानकारी दिइएको थियो । कार्यक्रममा विउ व्यवसायी मित्रराज दवाडी, बीउ बिजन अनुसन्धान केन्द्र काठमाण्डौका वरिष्ठ बीउ विकास अधिकृत रमेश हुमागाईलगयातले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम नेपाल बीउ व्यवसायी संघका अध्यक्ष लक्ष्मीकान्त ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।