अब छिट्टै पार्टी एकताको टुङगो लाग्छ ः प्रदेश इन्चार्ज शाक्य

चितवन समाचार डटकम

चितवन ५ फागुन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी ३ नं. प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्यले भोली बस्ने सचिवालयको बैठकले एकताको विषयमा केही नयाँ कुरा आउने बताउनु भएको छ ।
पार्टी एकताको विषयमा लामो समयसम्म काम नभएको भन्ने पार्टी भित्र दवाव भएपछि सचिवायलयको बैठकमा यस विषयलाई गम्भिर भएर छलफल हुने उहाले जानकारी दिनु भयो । पार्टीको कार्यक्रम अन्र्तगत चितवन आउनु भएका इन्चार्ज शाक्यले पार्टीको नेतृत्वले पार्टीको कामको प्राथमिकता लगाएर काम नगर्दा ढिलाइ भएको बताउनु भयो ।
सरकार चलाउने, मन्त्री चलाउने, देश विकासको काम यी सबैलाई व्यवस्थित र प्रभावकारी रुपमा सम्पन्न गर्नको लागि संगठन मजवुद बनाउनु जरुरी छ । प्रदेश, जिल्ला, नगर, गाउँ कमिटी, भातृ संगठन लगायतको एकताको टुंगो नलाग्दा कार्यकर्तामा अन्यौल छाएको आफूले महसुस गरेको बताउनु भयो । हाम्रो भन्दा मेरो भन्ने सोचाइले गर्दा पार्टीमा केही समस्या आएको इन्चार्ज शाक्यले भन्नु भयो । संगठनलाई बलियो बनाउने भन्दा आफू कसरी बलियो बन्ने सोचाइ त्याग्नु पर्नेमा उहाले जोड दिनु भयो ।

भेटघाट कार्यक्रममा ३ नं. प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले पार्टी एकताको विषय अव छिट्टै टुंगो लाग्ने बताउनु भयो । एकताको काम सकिएन भनेर निरास हुने दिन गएको भन्दै उहाले नयाँ जोश उर्जाका साथ पार्टीको काममा लाग्नको लागि सबैलाई अनुरोध गर्नु भयो । भोली बस्ने पार्टीको बैठकले एकताको विषयमा नयाँ उर्जा ल्याउने जानकारी दिनु भयो । कार्यकर्ता भेलाको कार्यक्रम नेकपाका केन्द्रीय सदस्य कृष्ण खनालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा, नेकपाका नेताहरु घनश्याम दाहाल, ३ नं. प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतक सल्लाहकार जगन्नाथ थपलिया, यमवहादुर परियार, तेजेन्द्रबहादुर खड्का, सिता वस्याल, प्रकाश ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

 

शेयर गरौ

ताजा अपडेट