देउवा सरकारको गृहमा खाँण, कानुनमा कार्की

काठमाडौं, २९ असार । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको गृहमन्त्री बालकृष्ण खाँण बन्ने भएका छन् । उनी कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् ।

यस्तै देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि मन्त्री बनाएका छन् । उनले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको शपथ लिन लागेका हुन् । कार्की यसअघि देउवा मन्त्री हुँदा अर्थमन्त्री थिए ।

यता नेकपा माओवादी केन्द्रबाट जनार्दशन शर्मा अर्थ र पम्फा भुसालले उर्जा मन्त्रीको शपथ लिन लागेका छन् । आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।

शेयर गरौ

ताजा अपडेट