सर्वोच्चकाे फैसलाकाे बिराेधमा भरतपुरमा प्रदर्शन

चितवन, २८ असार । भरतपुरको चौबीसकोठीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला जलाईएको छ । नेकपा (एमाले) निकट युवा विद्यार्थीहरुले जबराको पुत्ला जलाएका हुन् ।

अनेरास्ववियू चितवनको संयोजनमा आज साँझ आयोजित कोणसभा सम्पन्न भए लगत्तै युवा विद्यार्थीले जबराको पुत्ला जलाएका थिए । कार्यक्रमस्थलमा प्रहरीको बाक्लो उपस्थिति भएपनि प्रहरीलाई झुक्याउँदै उनीहरुले पुत्ला जलाए । सो अवसरमा उनीहरुले प्रधानन्यायाधीश विरुद्ध चर्का नारा लगाएका थिए ।

कोणसभामा नेकपा एमालेका केन्द्रीय सदस्य कपिलदेव पोखरेल, भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपाने, विद्यार्थी नेता प्रकाश आचार्य लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । सो अवसरमा उहाँहरुले सर्वाेच्चले प्रधानमन्त्री को बनाउने भन्ने किटान गर्नु लोकतान्त्रिक हुन नसकेको बताउनुभयो । उहाँहरुले प्रधानमन्त्री बन्न र बनाउन जनताकोमा जानु नपर्ने, सर्वोच्च गए पुग्ने परिपाटीले लोकतन्त्रमाथि प्रश्नचिन्ह खडा गरेको बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट