चितवन, २८ असार । मुग्लिन नारायणगढ सडक खण्डको कालीखोलामा झरेको सुख्खा पहिरोका कारण सोमबार बिहान ४:३० देखि बाटो अबरुद्ध भएको छ ।
ईच्छाकमना गाउपालिका वडा नम्बर ६ मा पर्ने कालीखोलामा पहिरो जादा यातायात अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउने क्रम जारी भए पनि सडक खुल्न ६ घण्टा लाग्ने जिल्ला प्रहरी कायालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनु भयो ।
सुख्खा ठूलो पहिरो खसेकाले पन्छाउन समया लाग्ने डिभिजन सडक कार्यालय भरतपुरका सुचना अधिकारी शिव खनालले जानकारी दिनु भयो ।