मुग्लिन नारायणगढ सडक पुन अबरुद्ध

चितवन, २२ असार  । मुग्लिन नारायणगढ सडक खण्डको सेती दोभानमा झरेको पहिरोका कारण सोमबार साझदेखी बाटो अबरुद्ध भएको छ ।

पहिरो पन्छाउने क्रममा ठूलो पहिरो आएपछि साझ ६ बजेबाट बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । राती काम गर्न नसकिएकाले बिहानबाट पन्छाउने कार्य भैराखेको डिभिजन सडक कार्यालय भरतपुरका सुचना अधिकारी शिव खनालले जानकारी दिनु भयो ।

पहिरोका कारण काठमाडौ जान आएका सवारी साधनको लाइन भरतपुरसम्म रहेको छ । सेती दोभानमा पहाड काटेर बाटो फराकिलो बनाएको र त्यहा पहिरो रोक्नको लागि दीर्घकालिन योजना नहुदा समस्या आएको सडक डिभिजन कार्यालयले जानकारी दिएको छ । पहिरो पन्छाउने काम भए पनि बाटो खुलाउन अझै ५ घण्टा लाग्ने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले हालसम्म पनि माथिबाट ढुंगा र पहिरो खसिरहेको हुँदा उक्त सडक प्रयोग गर्ने यात्रुहरुले नारायणगढ मुग्लिङ सडक खण्डको जानकारी लिएर मात्र प्रयोग गर्न अनुरोध गरेको छ ।

शेयर गरौ

ताजा अपडेट