फेरि पहिरो खस्यो : मुग्लिन काठमाडौ र नारायणगढ मुग्लिन सडक अबरुद्ध

चितवन १९ असार । चितवनको दुई ठुला राजमार्ग पहिरोका कारण रातिदेखी अबरुद्ध भएको छ ।
निरन्तर परेको पानीका कारण मुग्लिन काठमाडौ र नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडकको चारकिलो र सेती दोभानमा पुन पहिरो गएको छ । त्यस्तै गरि आज बिहान पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार र फिसलिङ नजिकै पहिरो जादा काठमाडौ जाने बाटो रोकिएको हो ।
चितवन र पोखराबाट काठमाडौ जाने सडक अबरुद्ध भए पछि सयौ यात्रु अलपत्र परेका छ्न । पहिरो पन्छाउने काम भैरहे पनि भारी वर्षाका कारण काम गर्न असजिलो भएको प्रहरीले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट