बाढी पहिरोमा परेर ३ जनाको मृत्यु, ३ जना बेपत्ता

चितवन,१८ असार । लगातारको बर्षासंगै चितवनका विभिन्न क्षेत्रमा आएको बाढी पहिरो र डुबानमा परेर ३ जनाको मृत्यु भएको छ । अन्य ३ जना व्यपत्ता भएका छन । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पूर्वी चितवनका सयौं घर डुबानमा परेको जानकारी दिनुभयो । नेपाल आर्मी,शशस्त्र प्रहरी र जनपथ प्रहरीले दर्जनौंको उद्धार गरेका छन । अपरान्ह पानीको सतह केही कम भएपनि पुनः पानी परेकाले बाढीको थप जोखिम बढेको छ ।

पूर्वी चितवनको सयौं हेक्टरमा लगाइएको कृषि बालिमा क्षति पुगेको छ । दिनभर नारायणगढ मुग्लिन सडक साना ठूला पहिरो खसेर अबरुद्ध बनेको छ । अझै पनि बाढी आउने र डुबान हुनसक्ने भन्दै चितवन प्रशासनले सबैलाई सचेत हुन आब्हान गरेको छ ।

शेयर गरौ

ताजा अपडेट