चितवन समाचार
चितवन, १० असार । चितवनको माडी नगरपालिकाले विपन्न र वुहारीलाई निःशुल्क उच्च शिक्षा दिने कार्यक्रम ल्याएको छ ।
आर्थिक वर्ष २०७८÷ ७९ को लागि बजेट सार्वजनिक गर्दै बोटे, दराइ, चेपाङ, कुमाल र वुहारीलाई निःशुल्क उच्च शिक्षा पढाइदिने भएको छ । विहीबार बजेट सार्वजनिक गर्दै नयाँ कार्यक्रमहरु ल्याएको माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनु भयो । उहाले नगरवासीका वुहारीले उच्च शिक्षा अध्ययन गर्न चाहेमा निःशुल्क अध्यापन गराउने व्यवस्था मिलाउने जानकारी दिनु भयो ।
नगरपालिकालले आउदो आर्थिक वर्षका लागि ९० करोड २७ लाख १८ हजारको बजेट सार्वजनिक गरेको छ । जसको पूर्वाधार तर्फ १८ करोड, स्वास्थ्य विमा तर्फ १ करोड, विद्यालयको लागि वस खरिद, विपन्नको लागि निःशुल्क विद्युत जडान, वहुप्रतिभा प्रस्फुटन कार्यक्रम लगायतका कार्यक्रम ल्याएको जानकारी दिनु भयो ।
