काठमाडौं १५ जेठ । सरकारले सरकारी कर्मचारीको तलव २ हजार रूपैयाँले वृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको आय-व्यय विवरणमा सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि गरेको जानकारी दिए ।
हाल दिँदै आएको महंगी भत्ता यथावत रहने अर्थमन्त्री पौडेलले बताए । सरकारले दक्षिण एसियामा तलबमानको अवस्था अध्ययन गरी सुझाव पेस गर्न आयोग पनि गठन गर्ने घोषणा गरेको छ ।