दमौली, ५ फागुन :
कम्प्युटर एशोसिएशन महासङ्घ (क्यान) गण्डकी प्रदेशले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
क्यानका अध्यक्ष चिन्तामणि बास्तोला तथा कास्की शाखाअध्यक्ष युवराज पौडेलले महासङ्घका अध्यक्ष ओमकार आचार्यलाई उक्त रकमको चेक प्रदान गर्नुभएको हो ।
पत्रकार महासङ्घ सबैको साझा संस्था भएकोले यसको भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएशनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताउनुभयो ।
महासङ्घका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घ संस्था एवं व्यक्तिले सहयोग गरिरहेको जानकारी दिनुभयो । (रासस)