राष्ट्रियसभा उपनिर्वाचन : खिमलाल देवकोटा अगाडि

मकवानपुर ६ जेठ । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनको कुल ३४७ मध्ये २३३ मत गणना गर्दा डा. खिमलाल देवकोटाले सबैभन्दा बढी मत पाएका छन् ।

उनको कलम चिन्हमा १२८ मत झरेको छ भने बहालवाला गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बालदको सुर्य चिन्हमा १०३ मत झरेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट उम्मेदवार बनेका कृष्णबहादुर तामाङले २ मत प्राप्त गरेको निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिए ।

मतगणना जारी छ ।

शेयर गरौ

ताजा अपडेट