राष्ट्रियसभा उपनिर्वाचनको मतगणना ४ः३० बजेबाट सुरु

मकवानपुर  ६ जेठ । राष्ट्रियसभाको रिक्त एक सदस्य पदको उपनिर्वाचनको मतगणना ४ः३० बजेबाट सुरु हुने भएको छ ।

भर्खरै निर्वाचन सम्पन्न भएको र ४ः३० बजेबाट मतदानस्थल भुटनदेवी माविको भवनमा नै मतगणना हुने निर्वाचन अधिकृत डिल्लिरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

उनका अनुसार मतदान प्रक्रियामा प्रदेशसभा सदस्यहरु कूल १०९ जनामध्ये १०५ जनामात्रै सहभागि भएको र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जनामध्ये २३२ जनाले मात्रै मतदान गरेका छन् ।

कूल ९६ प्रतिशतले मात्रै मतदान गरेको अधिकृत श्रेष्ठ बताउँछन् ।

शेयर गरौ

ताजा अपडेट