लमजुङ, ५ जेठ । लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ हेक्टरको भूकम्प गए पछि भूकम्पको ठूलो झट्काका कारण मानिसह त्रसित भएर घर बाहिर निस्केका छन् ।
लमजुङ केन्द्रविन्दु भएर ठूलो धक्का आएकाले नागरिक आत्तिएका छन् । कोरोना संक्रमणको अवस्थामा घरमै सुरक्षितका साथ बस्दै आएका नागरिक भूकम्पको डरले मास्कविना बाहिर निस्कन बाध्य भएका छन् । बेंसीशहरका चोकचोकमा मानिसको भीडभाड छ । पटकपटक झट्का आइरहँदा निकै आत्तिएका मानिसहरुले कोरोनासंगै अब भूकम्पबाट डराउनुपरेका बताएका छन् ।
भूकम्प जाँदा बेंसीशहर नगरपालिका ६ चनौटे र बेंसीशहर नगरपालिका ११ चिति रामचोकफाँटमा घरमा क्षति पुग्दा दुर्इ जना घाइते भएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताउनुभयो। अन्य क्षतिको विवरण आउन बाँकी रहेको बताउनाुभयो । भूकम्पको धक्का लमजुङसहित छिमेकी जिल्ला तनहुँ, गोरखा,, कास्कीलगायतको ठाउँमा धक्का महसुस भएको थियो ।