तीनै जना अध्यक्षको समर्थनसहित विष्णु बराल चुनावी मैदानमा

मेरिल्याण्ड । एनआरएनए मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष जेदु पोखरेल, निवर्तमान अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ र वर्तमान अध्यक्ष डोलनाथ घिमिरे एवम् नेपाली जनसम्पर्क समिति मेरिल्याण्डका सम्पूर्ण पदाधिकारीहरूको पूर्ण समर्थनमा चितवनका एक जुझारू युवाले आसन्न एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनका लागि च्याप्टर अध्यक्षमा आफ्नो उमेद्वारी दिएका छन ।

साविक शिवनगर स्थायी घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका विष्णु बरालले एनआरएनए मेरिल्याण्ड च्याप्टरको आगामी कार्यकाल २०२१ –२०२३ का लागि उम्मेदवारी दिएका हुन् । २०४८ सालमा अन्नपूर्ण उच्च माविबाट एसएलसी गरिसकेका बरालले २०५१ सालमा विरेन्द्र क्याम्पसबाट प्रविणता र २०५४ सालमा पाटन संयुक्त क्याम्पसबाट बीएस्सी र २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट एमएससी पास पास गरेका छन ् । उनले २०५८ सालदेखि २०६८ सालसम्म चितवनका विभिन्न कलेज तथा क्याम्पसमा आइएस्सी देखि एमएस्सी तहसम्म अध्यापन गरेका थिए । बराल ने वि, संघ, नेपाल रेडक्रस, चारतारे क्लब लगायत विभिन्न सामाजिक संस्थाहरुमा सक्रिय थिए ।

बराल झण्डै एकदशक अगाडि अमेरिका आएपछि पनि विभिन्न सामाजिक कार्यमा क्रियाशील हुदै आएका छन । तात्कालिन समयमा दुर्गा प्रसाद श्रेष्ठज्को नेतृत्वमा एनआरएनए मेरिल्याण्ड च्याप्टरको कोषाध्यक्ष भएर सन् २०१७–२०१९ मा उनले काम गरिसकेका छनत । हाल उनी सन् २०१९ –२०२१ को वर्तमान कार्यसमितिमा सचिव पदमा रहेर सक्रिय रुपमा कार्य गर्दै आएका छन । र अमेरिकाको एक प्रतिष्ठित कम्पनीमा कार्यरत बरालले २०२१ देखि २०२३ को कार्याकालको लागि अध्यक्षको उम्मेदवारी दिएका छन ।

एनआरएनए संस्थामा लामो समयको अनुभव संगालेका बरालका यस्ता छन चुनावी प्रतिबद्धताः १)नेपाली बालबालिकालाई नेपाली भाषा सिकाउनको लागि यहाँका स्कूलहरुमा नेपाली बिषयको पढाइ गराउन पहल गर्ने ।

२)नेपाली समुदायको लागि दाहसंस्कार घरका लागि सम्झौता गरी तयारी अवस्थामा राख्ने जसले गर्दा आवश्यक पर्नासाथ दाहसंस्कार गर्न पाईयोस्। ३) नेपाली अपार्टमेन्ट र घरहरूमा मृत्युपछिका संस्कारका लागि किरियापुत्री बस्नको लागि समस्या भएकोले नेपालीका सामुदायिक मन्दिर र भवनमा अनुरोध गरी उचित व्यवस्था गर्ने ।

४) नेपालीका आमाबुबा तथा आफन्त अमेरिकाको एयरपोर्ट झर्ने बित्तिकै भोग्ने कठिनाई हटाउन सम्पर्क व्यक्ति राख्ने र सेवा दिन नेपाली नागरिकबाट प्रति व्यक्ति २० डलर लिने र आधा रकम सम्पर्क गर्ने व्यक्तिलाई र आधा रकम एनआएएनए एमडी च्याप्टरमा आकस्मिक कोषको लागि जम्मा गर्ने व्यवस्था मिलाउने । जसले गर्दा नेपालीलाई भैपरी आउने समस्या समाधान गर्न सहज होस ।

५)दशैको टिकाको दिनमा नेपाली बालबालिकाहरूलाई बिदाको ब्यबस्था मिलाउन पहल गर्ने ।

६)परम्परागत कार्यक्रमहरुलाई अझ प्रभावकारी ढंगले अगाडी वढाउनको लागी सम्पूर्ण स्थानीय संघ संगठनहरु सगँ सहकार्य गर्ने।

नबिन सोचका धनी बराल एक जागरुक बौद्धिक युवा हुन्न् । बिद्यार्थी जिवनदेखि नेबि संघमा सक्रिय बराल प्रजातान्त्रिक प्रध्यापक संघमा मात्र नई सामाजिक अभियन्ताको रुपमा स्थापित उनले आफ्नो कामले देशदेखि बिदेशसम्म आफुलाई चिनाउन सफल भएका छन् ।

एक पटकको नेपाली सधैको नेपाली भन्ने मुल नारालाई आत्मसात गरी एनआरएनए मेरिल्याण्ड च्याप्टरलाई सक्षम नेतृत्व दिने उनले संकल्प गपेका छन् ।

शेयर गरौ

ताजा अपडेट