मेरिल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) मा उल्लेख्य काम गरेर देखाउने प्रतिवद्धता सहित डोलनाथ घिमिरेले बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी दिनुभएको छ ।
एनआरएनए एनसीसीलाई सबै नेपालीको साझा चौतारी बनाउने अठोटका साथ २०२१–२०२३ कार्यकालका लागि घिमिरेले बोर्ड अफ डाइरेक्टरमा उम्मेदवार दिन लाग्नु भएको हो ।
चितवनमा रहँदा नै व्यवसायका साथै समाजसेवा समर्पित घिमिरेले अमेरिका आएपछि पनि यो कामलाई निरन्तरता दिनु भएको छ । ‘एनआरएनएलाई समय सान्दर्भिक, पारदर्शी तथा सबै गैर आवसीय नेपालीले गर्व गर्ने साझा चौतारीको रुपमा विकास गर्ने मेरो उद्देश्य रहेको छ,’ उहाँले भन्नुभयो । अमेरिकाको वाल्टिमोडमा समाजसेवीका रुपमा परिचित उहाँ १०१९ देखि २०२१ सम्म मेरिल्याण्ड च्याप्टरको सभापति हुुनुहुन्छ । सभापति रहँदा उहाँले उक्त च्याप्टरसहित समग्र एनआरएनएको वृद्धि तथा विकासका लागि उल्लेख्य काम गर्नु भएको छ ।
‘आफू सो पदका लागि योग्य रहेको दावी गर्दै उहाँले भन्नु भयो– ‘यदि तपाईहरूले मलाई निवार्चित गरेर बोर्ड अफ डाइरेक्टर बनाउनु भयो भने वर्तमानका लागिमात्र होइन, हाम्रा सन्ततीको उज्वल भविष्य सुनिश्चिता गर्नुका साथै मातृभूमीको सेवामा लाग्न समेत सबैलाई प्रेणित गर्नेछु ।’ हामीलाई आफ्नो जन्मभूमी फर्कदा मान, सम्मान र इज्जत मिल्ने गरी काम गर्ने मेरो इच्छा छ उहाँले भन्नु भयो ।’ मातृभूमीको विकास निर्माणदेखि
वर्षौदेखि अनावश्यक तनाव र झमेला झेल्दै आएको यस विशुद्ध सामाजिक संस्थामा देखिएका विकृतिलाई चिर्दै सबैले गर्व गर्ने संस्था बनाउन आफू लागि पर्ने उहाँले बताउनु भयो ।
