महामारीमा लायन्सकाे सक्रियता : रक्तदान सम्पन्न

राजु अधिकारी, चितवन । लायन्स क्लब अफ भरतपुर इन्द्रेणीद्वारा आयोजित घुम्ती रक्तदान कार्यक्रममा कुल ११४जनाले रक्तदान गरेका छ्न ।वैशाख २७ देखि ३० गते सम्म संचालन भएकाे कार्यक्रम अन्तरगत आज अन्तिम दिन भरतपुर १० शान्ति एकेडेमी बहुमुखि कलेजमा संचालित कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन । समापन कार्यक्रममा बाेल्दै प्रमुख अतिथी तीर्थ घिमिरेले अहिलेकाे जटिल परिस्थितीमा यस्ता किसिमका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयाे। नेपाल रेडक्रस साेसाईटीका केन्द्रीय सदस्य समेत रहनुभयका घिमिरेले अरु संघ संस्थालाई पनि रक्तदान कार्यक्रमकाे आयाेजना गर्न आग्रह गर्नुभयाे । कार्यक्रममा शान्ति एकेडेमीका प्राचार्य रविन्द्र प्रकाश वस्ताकाेटी,जन शितल टाेल सुधार समितीका अध्यक्ष ददिराम देवकाेटा,क्लवका काेषाध्यक्ष लायन हेम कुँबर लगायतले मन्तब्य राख्नुभयकाे थियाे । कार्यक्रम साझापुर ,तेलाैली,साैराहा,झापुर,गाैरीगंज चाेक,नवलपुरकाे १६ नम्बर चाेक,जगतपुरमा संचालन भयकाे हाे। । सो अवसरमा बोल्दै क्लबका संस्थापक अध्यक्ष लायन द्रोणबाबु सिवाकोटीले कोभिड १९ ले आक्रान्त पारेको बर्तमान समयमा बिरामीहरुले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रम लायन्स क्लब अफ भरतपुर ईन्द्रेणीका द्वितीय उपाध्यक्ष लायन शिला परियारको संयोजकत्वमा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट