व्यबसायिक कृषिबाट नै आर्थिक समृद्धि : मन्त्री लामा

चितवन ३ माघ । प्रदेश न ३ का भुमी व्यबस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले व्यबसायिक कृषि बाट नै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनु भयको छ ।

नेपाल बीउ ब्यबसायी संघ केन्द्रिय कार्यालय काठमाडौ को आयोजनामा भरतपुरमा बिहीवार आयोजना भयको कार्यक्रममा उहाले सो कुरा बताउनु भयको हो । कृषिलाई ब्यबसायिक बनाउन आधुनिक प्रबिधिको प्रयोग गर्नु पर्ने बताउनु भयो । यहाका किसानको प्रमुख आय श्रोत नै कृषि भयकाले यसलाइ सरकारले प्राथमिकतामा राखेको बताउनु भयो ।

शेयर गरौ

ताजा अपडेट