काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ ।
विश्वासको मत लिने उद्देश्यले डाकिएको प्रतिनिधिसभाको विशेष अधिवेशन आज नै अन्त्य हुने छ ।
संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सम्पूर्ण प्रक्रिया सकेर आज नै अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।
यस्तै, बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि विश्वासको प्रस्तावमाथि मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
समितिका सदस्यहरुले आजनै विश्वासको मतको प्रक्रिया टुङ्गो लगाउने र संक्रमित सांसदलाई मतदान गर्ने व्यवस्था मिलाउन संसद सचिवालयलाई जिम्मा दिने निर्णय गरेको जानकारी दिएका छन् ।
बैठकले पीसीआर परीक्षण गर्न छुटेका प्रतिनिधिसभाका सांसदहरुको आज नै एन्टिजेन परीक्षण गरी बैठकमा प्रवेश गराउने व्यवस्था गर्ने निर्णय गरेको छ ।
समितिमा आज बस्ने बैठकमा बोल्ने वक्तालाई थोरै समय दिने र वक्ता धेरै नराख्ने सहमति भएको छ ।