लायन्स क्लव अफ भरतपुरकाे अध्यक्षमा हरी अधिकारी चयन

चितवन समाचारडटकम, ९ बैशाख । लायन्स क्लव अफ भरतपुरकाे आज सम्पन्न २३ आै साधारणसभाले बर्ष २०२१/०२२ का लागि हरी अधिकारीलाई अध्यक्ष पदमा चयन गरेको छ । नवनिर्वाचित समितिकाे प्रथम उपाध्यक्षमा तीर्थ नेपाल , द्वितीय उपाध्यक्षमा भीष्म अधिकारी , तृतीय उपाध्यक्षमा हरीप्रसाद गैरे, सचिवमा सन्ताेष मजाकाेटि र काेषाध्यक्षमा सराेज देवकोटा लगायत चयन हुनुभएकाे छ । बर्ष २०२०/०२१ का अध्यक्ष मुक्ति अधिकारीकाे सभापतित्वमा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दिपककुमार राना, पुर्व अध्यक्ष हरु हरिप्रसाद घिमिरे , मिलनबाबु श्रेष्ठ, रामराज पाैडेल, माधव पाेखरेल, बसन्त पाैडेल,दिनेशचन्द्र न्याैपाने, निबर्तमान अध्यक्ष अनुजराज पन्त लगायतले शुभकामना मन्तब्य राख्नुभयाे । आज निर्वाचित कार्यसमितिले जुलाई १ बाट कार्यकाल आरम्भ गर्नेछ ।

शेयर गरौ

ताजा अपडेट