न्यूयोर्क । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको उपाध्यक्ष पदका उम्मेदवार डिलु पराजुलीले राम्रा र असल काम गरेर देखाउने प्रतिवद्धता गर्नु भएको छ । एनआरएनए एनसीसीको चुनावी अभियानमा उहाँले आफ्नो उम्मेदवारी गफका लागि नभइ काम गरेर देखाउनको लागि भएको बताउनु भएको हो ।
अमेरिकामा रहेका विभिन्न च्याप्टरलाई बलियो बनाउँदै विभिन्न संघ संस्थासँग समन्वय गर्दै संस्थालाई विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गर्ने उहाँको अठोट छ । चुनावको बेला ठूला र मिठा एजेन्डा ल्याउने तर, काम भने नगर्ने अभ्यासले संस्था मजबुतीको सट्टा कमजोर बन्दै गएको उहाँको ठम्याइ छ ।
‘हाम्रो मनोवृत्ति चुनावका बेला के के न गर्छु भन्ने यद्यपि काम भने नगर्ने, गफमात्रै गरेर समय बिताउने गरिएको छ,’ उहाँले भन्नु भयो ‘अब कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बेला आएको छ ।’ एनआरएनएमा यहि उद्देश्य बोकेर अरुलाई समेत उत्प्रेरणा दिन मैले उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ ।’
एनआरएनए एनसीसी यूएसए, केन्टकी च्याप्टरका सभापति समेत रहनु भएका पराजुलीले एनआरएनए एनसीसीलाई सबै नेपालीको साझा संस्था बनाउने मात्र नभइ मातृभूमीका लागि पनि नयाँ संकल्पका साथ काम गर्ने बताउनु भएको छ ।’
सुरेश कोइराला
