विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालद्वारा लहान घटनाका पीडितलाई ५० हजार सहयोग

सिरहा (लहान) , ३ वैशाख। लहान घटनाका पीडित परिवारलाई विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालले नगद ५० हजार क्रिया खर्च सहयोग गरेको छ । सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाईलीले उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरेका हुन्। त्यस्तै सिरहा सुनचाँदी व्यवसायी संघले नगद ११ हजार समेत सहयोग गरेको रसाईलीले जानकारी दिएका छन्।
लुटेरा समूहले चैत २८ गते राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेका थिए । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२ निवासी ३८ वर्षीय प्रदीप विश्वकर्माको गोली हानी हत्या गरेका हुन् ।
सुनचाँदी क्षेत्रमा विशेषतः विश्वकर्मा समुदायको उत्थान र विकासका निम्ति क्रियाशील संस्था विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल हो । दोषीलाई कडा भन्दा कडा कारबाहिको माग गर्दै सञ्जालका संयोजक एवम् महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाईली र नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश नं २ का सभापति रामजी शाहले इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालसंग भेटघाट समेत गरेका छन् । प्रहरी नायब उपरीक्षक दाहालले एकहप्ता भित्र घटनाका दोषीलाई सार्वजनिक गर्दै कडा भन्दा कडा कारवाहि गर्ने जानकारी दिएका छन्।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार मध्यरातमा आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट