पाेखरेलकाे निर्वाचन क्षेत्रमा थप ५ कराेड २५ लाख बजेट

चितवन समाचारडटकम, ३ बैशाख । अर्थ मन्त्रालयले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा बिकास आयोजनाका लागि थप पाँच कराेड २५ लाख रकम छुट्याएको छ । प्रतिनिधि सभा सदस्य कृष्णभक्त पाेखरेलकाे पहलमा क्षेत्रका विभिन्न आठवटा आयाेजनाका लागि मन्त्री स्तरीय निर्णयवाट रकम छुट्याइएको हाे । बसेनिबजार, लामाटाेल, पदमपुर शक्तिखोर सडकलाई ७५ लाख, जुगेडि तान्द्राङ चाैकिडाडा सडकलाई ७५ लाख, जलविरे ईच्छाकामना सडकलाई ७५ लाख र कालिका नपा रिङ्गराेडलाई ७५ लाख रकम परेको छ । त्यसैगरी भरतपुर -५/६ काे सिमाबाटाे, भरतपुर -१० रमाइलो चाेक देखि ज्ञानदर्शनचाेक सम्म सडक र ढल निमार्णका लागि एक कराेड, ढुङ्गाना चाेक देखि सप्तगण्डकि सम्म सडक र ढल निर्माण स्तराेन्नतिका लागि थप ७५ लाख , भरतपुर -११ देवीप्रसाद मार्ग ढल निर्माणका लागि थप २५ लाख , भरतपुर-५ धितालचाेक देखि साईबाबा मन्दिर सम्म सडक स्तराेन्नतिका लागि थप २५ लाख बजेट परेकाे छ । ब्यवस्थापन गरिएको यी थप बजेट चालु आर्थिक बर्षमा नै निर्माण सम्पन्न गर्ने गरि छुट्याइएको अर्थ मन्त्रालयद्वारा जारी सुचनामा उल्लेख छ ।

शेयर गरौ

ताजा अपडेट