चितवनमा नेबिसंघका जिल्ला नेता सहित ५१ जना युवा बिधार्थीहरु प्रचण्ड- माधव समुहकाे नेकपामा प्रवेश

चितवन, २२ फागुन । चितवनमा नेबिसंघका जिल्ला नेता सहित ५१ जना युवा बिधार्थीहरु प्रचण्ड- माधव समुहकाे नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टीका चितवन प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार नेबिसंघ जिल्ला सदस्य सहिद स्मृति क्याम्पस रत्ननगरका ईकाई उपसभापति राेनित श्रेष्ठ , जिल्ला सदस्य सुजन अधिकारी सहित युवा बिधार्थीहरु नेकपा निकट अनेरास्ववियूमा प्रवेश गरेका हुन् । नवप्रवेशि युवा बिधार्थीहरुलाइ नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार , नेता तेजेन्द्रबहादुर खड्का लगायतले भरतपुर स्थित जिल्ला पार्टी कार्यालयमा स्वागत गर्नुभयाे । अनेरास्ववियू जिल्ला कार्यालय सदस्य अविनाश रम्तेलकाे अध्यक्षतामा भएको कार्यक्रम अनेरास्ववियू केन्द्रीय सदस्य अशाेक देवकोटाले सञ्चालन गर्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट