प्रतिनिधि सभा पुनरस्थापना हुनेमा दाहाल-नेपाल ढुक्क

चितवन , ११ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्नेमा आफुहरु ढुक्क रहेकाेे बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल चितवनले आज भरतपुरमा आज गरेको पत्रकार भेटघाटमा बाेल्दै उहाँहरुले यस्तो बताउनुभएको हाे । संबिधानमा भएको प्रावधानमा प्रधानमन्त्रीले संसद बिघटन गर्न नसक्ने उहाँहरुकाे जिकिर थियोे । पुनर्स्थापना नभए के गर्नुहुन्छ भनी पत्रकारले राखेको जिज्ञासामा जवाफ दिदै अध्यक्ष नेपालले भन्नुभयो – याे प्रश्न आकाश खस्याे भने, धर्ती फाट्याे भने के गर्ने भनेजस्तै हाे । अध्यक्ष प्रचण्डले संकटकाल लगाउने याेजना बेअर्थकाे रहेको जिकिर गर्दै लगाईहाले धेरै दिन नटिक्ने बताउनुभयो । नेकपा चितवनले बुधबार भरतपुरमा आयोजना गरेको जनसभामा सहभागी हुन अध्यक्षद्वय यहाँ आउनुभएको हाे ।

शेयर गरौ

ताजा अपडेट