नेकपा चितवनले फागुन १२ मा भरतपुरमा जनसभा गर्ने : प्रचण्ड र नेपालले संबाेधन गर्ने

चितवन, ८ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनको आयोजनामा फागुन १२ गते भरतपुरमा जनसभा हुनेभएको छ । संसद बिघटनकाे बिराेधमा जनप्रदर्शन र जनसभा गर्न लागिएको नेकपा चितवनका नेता तेजेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । फागुन १२ गते दिउसो १२ बजे भरतपुर केन्द्रीय बस टर्मिनल परिसरमा सभा आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अघ्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरूले संबाेधन गर्ने कार्यक्रम छ । पार्टीका प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निस्कनेछ । चाैबिसकाेठिबाट सुरु हुने जुलुसमा भरतपुर १,२,३,४,१५,१६,१७,१८,१९,२०,२४,२५,२६,२७ र २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । मालपोत चाेकबाट सुरु हुने जुलुसमा कालिका नपा, ईच्छाकामना गापा, भरतपुर १०,११,१२ र २९ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । त्यसैगरी बुद्धचाेकबाट सुरु हुने जुलुसमा माडी नपा, भरतपुर ५,६,७,८,१३,१४,२१,२२ र २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । गाेन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नपा, खैरहनि नपा, रत्ननगर नपा,र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन् । यसका साथै मजदुर, युवा, बिधार्थी, महिला , दलित, सुकुम्बासी , उद्योगी , ब्यवसायी , शिक्षक, कर्मचारी , बुद्धिजीवी , समाजसेवी , नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन नेकपा चितवनले अपिल गरेको छ ।
तपाइँको प्रतिक्रिया