अन्तरिम आदेशको विरुद्धमा माडीबासीको भरतपुरमा मौन जुलुस

चितवन ४ फागुन ।

चितवन राष्ट्रिय निकुञ्ज भित्र सडक निर्माणको विषयमा सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशको विरुद्ध माडीवासीहरुले भरतपुरमा मौन जुलुस निकालेका छन् ।
बिहीबार सर्बोच्च अदालतले इआइए नगरेसम्म चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माण सम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो । सो आदेश माडी वासीको लागि हित नभएको भन्दै युवाहरु विरोधमा उत्रिएका हुन् ।
निकुञ्ज भएर माडी जानु पर्ने वाध्यता रहेको माडी वासीलाई निकुञ्जको कारण आउन जान धेरै समस्या भोग्दै आएका छन् । निकुञ्ज भित्रको सडकलाई कालोपत्रे गर्ने गरी तयारी रहेको समयमा सर्बोच्च अदालतले वातावरणीय प्रभाव अध्ययन (इआइए) नगरेसम्म निकुञ्ज भित्र सडक निर्माण नगर्न नगराउन आदेश दिएपछि यहाँका वासिन्दा आक्र्रोशित भएका हुन् ।
माडीवासीहरुले आज ध्यानाकर्षण गराउनको लागि भरतपुरको चौविसकोठीमा मौन जुलुस निकाले । उनीहरुले संविधानले दिएको स्वतन्त्रता, सुरक्षा, सुविधाको उपभोग गर्ने गरी नेपालको कानुन हुनु पर्ने प्ले कार्डमा उल्लेख गरेका छन् । प्लेकार्ड सहित प्रदर्शनमा आएका युवाहरुले हामी माडीका बासिन्दा हौं,तस्कर होइनौं, के माडीमा जन्मनु हाम्रो अपराध हो, निकुन्ज ऐन २०२९ खारेज गर, माडी उपत्यकामा मानिस बस्छन पशु नसम्झ भन्ने जस्ता कार्ड बोकेका थिए ।
साथै उनीहरुले प्रदर्शन गरेको प्लेकार्डमा हामी संरक्षक हौं तस्कर होइनौं, निकुञ्ज बरदान सावित होस अभिषप होइन, माडीको विकास चाहना र एकता विरुद्ध छिद्र नहोस भन्ने जस्ता प्ले कार्ड बोकेका थिए । सर्बोच्च अदालतको आदेश माडी वासीको हित विपरित भएकाले विरोधमा उत्रनु परेको माडीका युवा नेता सन्तोष पनेरुले बताउनु भयो ।

बिहीबार सर्बोच्च अदालतले इआइए नगरेसम्म चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने सडक निर्माण सम्बन्धी कुनै पनि कार्य नगर्न नगराउन अन्तरिम आदेश दिएको थियो । अदालतको फैसला आए लगतै चितवन समाचार डटकमले माडी नगरपालिकाका प्रमुखसहित सरोकारवालाको धारणा सार्वजनिक गरेको थियो ।

ताजा अपडेट