नेकपा ओली समूह चितवनको अध्यक्षमा रावल र सचिवमा शैलेस चयन

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चितवनको अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ चयन हुनुभएको छ ।

बुधबार बसेको नेकपा ओली समुहको जिल्ला कमिटी बैठकले अध्यक्षमा रावललाई चयन गरेको हो । रावल तत्कालीन एमालेको जिल्ला सचिव एवम् राष्ट्रियसभाकी सांसद् हुनुहुन्छ । यस्तै, सचिवमा प्रकाश खनाल (शैलेस) चयन हुनुभएको छ । उहा रामबहादुर थापा बादल समूहका हुनुुुुुुहुन्छ ।

बैठकले १० औँ जिल्ला अधिवेशन गराउन ५०१ सदस्यीय आयोजक कमिटीसमेत गठन गरेको छ । कमिटीका सबै सदस्यहरूको सपथ ग्रहण फागुन १० गते राखिएको छ ।

शेयर गरौ

ताजा अपडेट