कार्यकाल नसकिंदै अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

काठमाडौं, २१ माघ । कार्यकाल नसकिंदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका छन् ।

आफूभन्दा जुनियर व्यक्ति प्रमुख आयुक्त नियुक्त भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले पदबाट राजीनामा दिएका हुन् । जोशीले प्रेमकुमार राई प्रमुख आयुक्तको पदभार ग्रहण गरे लगत्तै पदबाट राजीनामा दिएका हुन् ।                      जोशी सचिव हुँदा राई सहसचिव थिए । जोशीको कार्यकाल आगामी चैतसम्म छ । जोशीले आफूले राजीनामा दिएको पुष्टि गरेका छन् । जोशीले बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट