स्वस्तिक नेपालद्धारा निःशुल्क आँखा तथा स्वास्थ्य परिक्षण

सुदेश खनाल

भरतपुर, १७ माघ : स्वस्तिक नेपाल नामक गैहसरकारी संस्थाको आयोजनामा निःशुल्क आँखा तथा स्वास्थ्य परिक्षण सम्पन्न भएको छ । भरतपुर ११ जागृतीचोकमा रहेको संस्थाको भवनमा भएको कार्यक्रममा ९२ जना बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको हो ।
मेट्रो फामेर्सी भरतपुर, कुँवर ईन्टरप्राइजेज, चितवन आँखा अस्पताल भरतपुरको प्राविधिक सहयोगमा परिक्षण गरिएको हो । भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा.किरण देवकोटा, चितवन आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.किशोर गौतम, परशुराम रेग्मी, सुरेश लहेरले स्वास्थ्य परिक्षण गर्नुभएको हो ।
संस्थाका अध्यक्ष भरत मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष हिरामान मर्हजन, पुर्व अध्यक्ष गणेश प्रसाद पौडेल, महेन्द्र कार्की लगायत स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा टाइम फर्माट्युकिल्स, सुर्य मेडिको, सेवन फर्मा, विश्वज्योति फर्मा, कुँवर ईन्टरप्राइजेजबाट औषधी तथा स्वास्थ्य सामाग्री सहयोग भएको थियो । वि.स २०६३ सालमा स्थापना भएको सो संस्थाले स्वास्थ तथा शिक्षाको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रम संस्थाका सदस्य अर्जुन अधिकारीको संयोजकत्वमा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट