विकास देखेर विरोधीहरु अत्तालिएका छन् : प्रधानमन्त्री ओली

चितवन, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकासलाई देखेर आफ्नै साथीहरु आत्तिएर हिडेको बताउनु भएको छ ।
चितवनको भरतपुरमा आयोजना भएको सभालाई सम्वोधन गर्नु हुदै सरकारले जनचाहना वमोजिम विकामको कामलाई तिब्र बनाएको बताउनु भयो । ‘हामी बाटो चौडा बनाउदै हिडेका छौ, सिटीहल निर्माण गरेका छौ, तर केही साथीहरु विकासलाई देख्न नसकेर आत्तिएका छन्’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।
देशभरी विकासको लहर आएको छ । विकास देख्न नसक्नेहरु सरकारको विरोध गर्दै हिडेको भन्दै प्रधानमन्त्री ओलीले भन्नु भयो ‘तपाइहरु विरोध गर्नुहोस हामी देश निर्माणमा लागेका छौ, देशलाई समृद्ध वनाएर छाड्छौ ।’ चितवनको भरतपुर सिटीहल, नारायणगढ गोन्द्राङ छलेनको सडक निर्माणको कार्य भइरहदा यहीबाट निर्वाचि सांसदले किन बोल्न सक्नु भएको छैन उहाले भन्नु भयो ।
नेकपा पार्टी अध्यक्ष समेत रहनु भएका ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान राम चितवन माडीको अयोध्यापुरीमा जन्मेको हो भनेर बोल्न नसकेको भन्दै प्रश्न गर्नु भयो । चितवनबाट चुनाव जितेको सांसदले नै राम माडीमा जन्मेको भनेर बोल्न नसक्नु दुःखको कुरा भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘उहाँहरु विकासको गति देखेर आत्तिनु भएको छ, हामी राम मन्दिर बनाएर छोडिन्छ ।’ उहाले यही निर्वाचन क्षेत्रबाट चुनिएका सांसद किन बोल्न सक्दैनन् भनेर प्रतिप्रश्न गर्नु भयो । उहाले भन्नु भयो, ‘मयुरको प्वाख लाउँदैमा मयुर हुँदैन । उहाँ किन बोल्न सक्नुहुँदैन ।’ रामको मूर्ती निर्माण भइसकेको जनाउँदै सीताको मूर्ती बनिरहेको बताउनु भयो । ‘अर्काे रामनवमीमा भव्य ढंगले शिलान्यास गरिने छ । चितवनको अयोध्यापूरी अब विश्वका हिन्दूहरुको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुनेछ ।’
प्रधानमन्त्री ओलीले माडीलाई ‘मणी’ बनाउँछु भनेको थिए । तर सोही क्षेत्रबाट निर्वाचित सांसद मणी बनाउँछु भनेको विरोध गर्दैमा ठिक भएको बताउनु भयो । उहाले भन्नु भयो, ‘पार्टी फुट्यो, पार्टी फुटेको छ कि छैन, पार्टी फुटेको होइन केही मानिस बाहिर गएका हुन् ।’ हामीले निचोरेको होइन उनीहरु आफै निचारिएको उहाले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्ने बताउनु भयो । उहाले नारायणी नदीमा सिग्नेचर पुल बन्दै गरेको भन्दै आकर्षक नयाँ पुल निर्माण पछि पर्यटक आउने बताउनु भयो । विकासका पूर्वाधारहरु निर्माणको चरणमा रहेकाले ढुक्क रहन आग्रह गर्नु भयो ।
कार्यक्रममा उहाले पार्टीका केही साथीहरु जादैमा नेकपालाई केही असर नपर्ने बताउनु भयो । कार्यक्रममा सहभागी हुनु भएका जनताले आफ्नो नेतृत्वमा रहेको नेकपानै आधिकारिकता भएको बताउनु भयो । सरकारले काम गरीरहने तर आफ्नै पार्टीका साथीहरुले असहयोग गरेर काम गर्न नदिएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले जनसभामा चितवनबाट तपाइँहरुले तीन जना सांसद छानेको भन्दै ती छानिएका सांसदहरु आजको सभामा खोई भनेर प्रतिप्रश्न गर्नु भयो । उहाले भन्नुभयो, ‘ चितवनका सांसदहरु त्यही भएर छटपटाएर हिड्नु भएको छ । उहाँको उद्देश्य राम्रो छैन । पार्टी ध्वस्त पार्ने , देश सखाप पार्ने मनसाय उहाँहरुको छ ।’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘अली अली मतपत्र च्यातेर जितेको भए पनि आजको सभामा तपाइँको मेयर खोई भनेर प्रश्न गर्नु भयो । पिकनिक खान जानु भयो होला ।’
कार्यक्रममा गृहमन्त्री रामवहादुर थापा बादलले विभाजित पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अवसरवादी नेताको संज्ञा दिदै पार्टीमा फर्केर आए अझै पनि प्रधानमन्त्री बन्ने सम्भावना रहेको बताउनु भयो । गल्ती स्वीकार गरेर पार्टीमा फर्किए अझै पनि ताजा जनादेशपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने बताउनु भयो ।
बादलले प्रचण्डको नाम नलिई भन्नु भयो म यो जिल्लाका अवसरवादीलाई आह्वान गर्न चाहान्छु आउनुस प्रधानमन्त्री हुने अवसर यहि निर्वाचनले दिन्छ । आउनुस यो विशाल जनताले तपाईलाई त्यो मौका दिनसक्छ । यो सभाले हाम्रो जित घोषित गरिसक्यो,तपाई पनि पार्टीमा फर्किनुस् । तपाईहरुलाई मतपत्र च्यात्न आवश्यक छैन । जनताले गल्तीमा माफ दिनेछन् ।
प्रचण्डप्रति आक्रामक रुपमा प्रस्तुत भएका बादलले सर्बोच्च अदालतले विघटन सदर गरेर प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने प्रचण्डको चेतावनीलाई प्रगितामी हुँकारको संज्ञा दिनु भयो । प्रतिगामी षड्यन्त्र असफल पार्न संसद विघटन गरिएको बताउनु भयो ।
त्यस्तै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले चितवनमा सरकारले धेरै ठूलो योजनाहरु निर्माण गरिरहेको बताउनु भयो । भरतपुर महानगरपालिकामा ठूलो रिङरोड बनाउने काम भइरहेको छ भने ठोरीदेखि चीन जोड्ने बाटो बनाउने योजना रहेको जानकारी दिनु भयो । उहाले हुलाकी राजमार्गको काम पनि सरकार बनेपछि तीव्ररुपमा अगाडि बढिरहेको बताउनु भयो । उहाले‘ चितवनमा सरकारले १८ वटा पुल निर्माण गरिरहेको जानकारी दिनु भयो ।
देशभरको विकास निर्माणलाई हेर्ने हो भने एक दिनमा एउटा पुल सरकारले निर्माण गरिरहेको दावी गर्नु भयो । उहाले भन्नुभ यो, ‘कोरोनाको महामारीको अवस्थामा तीन हजार किलोमिटर बनिरहेको ।
देशभर सरकारले १० वटा आर्टिटेक्ट पुल बनाउने छौं । ‘विकास नदेख्नेहरुलाई यो के हो । यो भन्दा अरु प्रमाण अन्य हुन सक्दैन ।’ उहाले ठूलो कम्युनिस्ट पार्टी निर्माणको चाहना पूरा गर्न एकीकरण अभियान पूरा गर्ने विश्वास व्यक्त गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट