प्रधानमन्त्री ओली आज चितवन आउदै

चितवन । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउदै हुनुहुन्छ । आज भरतपुरको केन्द्रीय बसटर्मिनलमा हुने आमसभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुु भएको हाे ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्राङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दिउँसो १२ः३० बजेबाट आमसभा सुरु हुनेछ । सभामाअघि पूर्व क्षेत्रको बसन्तचोक,पश्चिम क्षेत्रको चौविसकोठी र उत्तर क्षेको मालपोत चोकबाट र्‍याली निकालिनेछ ।

सभामा प्रधानमन्त्री ओलीसहित,उपप्रधानमन्त्री इश्वर पोखरेल,गृहमन्त्री रामबहादुर थापा ‘बादल’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, शहरी विकासमन्त्री प्रभु शाह लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शेयर गरौ

ताजा अपडेट