चितवन, १३ माघ । १५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको आज मंगलबार उद्घाटन भएको छ । भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा र गल्फ मोटर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टर मिल्स एरिया, क्षेत्रपुरको समन्वयमा तालिम शुरू हुन लागेको हो । तालिम माघ १४ गते बुधबार देखि प्रारम्भ हुनेछ ।
तालिमको औपचारिक उद्घाटन भरतपुर महानगरपालिका वडा नं २ का वडा अध्यक्ष पूर्ण बहादुर श्रेष्ठले गर्नुभएको छ ।
तालिममा वडा भित्र रहेका २० वटा टोल विकास संस्थाहरुबाट २३ जना प्रशिक्षार्थीहरूले प्रत्यक्ष लाभ लिनेछन्। उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २ का सदस्य धनकुमारी विश्वकर्मा, वडा सदस्य विष्णु प्रसाद अधिकारीको उपस्थिति रहेको थियो।