अमिर रामदाम ,चितवन, ९ माघ ।
राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम साधारण सभा तथा प्रथम राष्ट्रिय महाधिवेशन फागुन २१ र २२ गते बुटवलमा आयोजना हुने भएको छ । बुधवार सम्पन्न राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय समितिको भर्चुअल बैठकले प्रथम साधारण सभा तथा प्रथम राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशन सफल बनाउन विभिन्न जिम्मवारी समेत बाडफाड गरेको राष्ट्रिय दलित पत्रकार संघ नेपालका महासचिव लक्ष्मण दर्नालले जानकारी दिनुभयो ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालले स्थापना गरेका पुरस्कार तथा सम्मानहरुको वितरणका लागि छनौट समिति गठन गरेएको छ । त्यस्तै राममाया च्यामे र परशु सवरी स्मृति पत्रकारिता पुरस्कार छनौट समितिको संयोजकमा संघका उपाध्यक्ष गोपाल बराइलीलाई चयन गरेको छ । त्यस्तै, टिआर विश्वकर्मा र देवव्रत परियार स्मृति पुरस्कार छनौट समितिको संयोजकमा संघका उपाध्यक्ष भोला पासवानलाई चयन गरिएको हो ।
उक्त बैठकबाट महाधिवेशन सम्पन्न गर्नका निमित्त आर्थिक व्यवस्थापन समिति समेत गठन गरिएको छ । जसमा कोषाध्यक्ष भीम विश्वकर्माको संयोजकत्वमा लक्ष्मण दर्नाल, बुद्धि विश्वकर्मा, अमर सुनार, कमला रसाइली, सावित्री रसाइली लगायत सदस्य रहनु भएको छ ।
केन्द्रीय सदस्य रिता बुढाथोकीको संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन भएको छ । जसमा सह-संयोजक विनोद परियार हुनुहुन्छ भने सदस्यहरुमा लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियार, सचिव सञ्जय सौगात, रुपन्देही शाखा अध्यक्ष टंक सुनार, पाल्पा शाखा अध्यक्ष मिलन बिक, कपिलवस्तु शाखा अध्यक्ष कृष्ण हरिजन, नवलपरासी शाखा अध्यक्ष अभिषेक राव रहनु भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघ, नेपालको उक्त महाधिवेशनमा स्मारिका बिमोचन गर्ने निर्णय भएको छ । स्मारिका प्रकाशन समितिको संयोजकमा केन्द्रीय सचिव सन्तोष गन्धर्व, सदस्यहरुमा अमर सुनार, कमला रसाइली, बिरु नेपाली, गोमा परियार, टेकेन्द्र विश्वकर्मा, दीपक परियार, सरिता बराइली र पर्वत पोर्तेल रहनु भएको छ । बैठकमा अध्यक्ष बिनोद पहाडीले तोकिएको जिम्मेवारी समयमै पूरा गर्न र आवश्यक समन्वय गरी महाधिवेशन सम्पन्न गर्ने काममा लाग्न सबैलाई निर्देशन गर्नुभएको छ ।