चितवन २८ पुस । भरतपुर महानगर प्रमुख रेनु दाहालले नेकपाको केन्द्रीय राजनीतिमा भएको प्रभावले विकासमा कुनै बाधा नपर्ने बताएकी छन् । उनले भनिन्, ‘केन्द्रीय राजनीतिमा अहिले विवाद छ, त्यसले यहाँको विकासमा कुनै समस्या आउँदैन ।
सातौँ नगरसभाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले भनिन्, ‘केन्द्रिय राजनीतिको प्रभाव भरतपुरमा पर्न नदिन सिंगो महानगर प्रतिवद्ध छ, विकासमा कुनै समस्या हुनेछैन ।’
विकास र समृद्धिका लागि केन्द्रको राजनीतिले स्थानीय तहमा समस्या ल्याउन हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउँदै प्रमुख दाहालले भनिन्, ‘ विकास र समृद्धिको लागि राजनीतिका आएको उतारचढापले प्रभाव पर्नुहुँदैन भन्ने मान्यता राखेका छौँ ।’ जनताले विकास र समृद्धिको लागि मत दिएका हुनाले यसमा आफू प्रतिबद्ध भएर अघि बढेको प्रमुख दाहालको भनाइ छ ।